अन्तर्राष्ट्रिय पुलिसमा को–को उठ्दै

अन्तर्राष्ट्रिय पुलिसमा को–को उठ्दै

एशियाका तीन प्रभावशाली मुलुकले इन्टरपोलको कार्यकारी कमिटी निर्वाचनका लागि नेपाल प्रहरीसँग सहयोग मागेका छन्। तीनमध्ये दुर्ई देश छिमेकी मित्रराष्ट्र चीन र भारत हुन् भने अर्कोमा रोजगारदाता मुलुक कतार रहेको छ ।अन्य मुलुकका प्रहरीले पनि उम्मेदवारी दिने सम्भावना छ ।

आउँदो नोभेम्बरमा बेलायतको ग्लास्गोमा हुने अन्तर्राष्ट्रिय प्रहरी संगठनको सम्मेलनले १३ सदस्यीय कार्यकारी कमिटी गोप्य मतदानका आधारमा चयन गर्नेछ । कमिटीमा एशियाबाट ३ देश, युरोपका ४, अमेरिका ३ र अफ्रिका महादेशबाट ३ जना निर्वाचित हुनेछन् । 

उक्त कमिटीको कार्यकाल चार वर्षको हुनेछ । इन्टरपोलको हेडअफिस फ्रान्सको लियोनमा छ भने यसको सदस्यता १९६ मुलुकले लिएका छन् । नेपाल सरकारले भने संयुक्त राष्ट्रसंघमार्फत इन्टरपोलका निम्ति वार्षिक ०.०३ खर्च उपलब्ध गराउँदै आएको छ जुन युरो १८ देखि २० हजारसम्म हुने गर्छ । संस्थाले अन्तर्राष्ट्रिय कानुन, क्रस बोर्डर, अन्तर्राष्ट्रिय अपराध तथा आतंकवाद नियन्त्रणका निम्ति तालिम दिने गर्छ । साथै, नेपाल प्रहरीलाई अपराधी सुपुर्दगी गर्नेदेखि विभिन्न तालिममा सहयोग गर्दै आएको छ ।

अहिले संयुक्त राष्ट्रसंघमा सशस्त्रबाट एक र नेपाल प्रहरीको दुर्ई जना गरी तीन जना सल्लाहकारका रूपमा कार्यरत छन् । प्रहरीका एसपी अमरेन्द्र सिंह र डिएसपी शर्मिला गुरुङ हुन् । 

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू