नेतामाथि व्यंग्य गर्दै रोपाईंजात्रामा रावणको अवतार

नेतामाथि व्यंग्य गर्दै रोपाईंजात्रामा रावणको अवतार

काठमाडौँको बौद्धमा रोपाइँजात्रा मनाइएको छ । बौद्ध क्षेत्रबाट दिवङ्गत भएकाहरुको मोक्ष एवं शान्ति प्राप्तिको कामना गर्दै आज जात्रा मनाइएको हो ।

प्रत्येक वर्ष भाद्र कृष्ण द्वितीया अर्थात् गाइजात्राको भोलिपल्ट यो जात्रा मनाउने परम्परा छ । बौद्ध क्षेत्रको मौलिक पर्वका रूपमा लिइने यस जात्रामा घिनतिङ नाका, घोनाई, हाँस्य व्यङ्गय तथा साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको मूल समारोह समितिले जनाएको छ । 

समितिका संयोजक जनमंगल लामाका अनुसार जात्रामा प्रस्तुत गरिएको लाखे, रोपार, बाउसे,  झाँकी, ख्यालीमा स्थानीय र बाह्य पर्यटकहरु रमाएका थिए । जात्रा अहिले पनि जारी छ । 

जात्रमा प्रस्तुत गरिएको एउटा व्यंग भने रोचक देखिएको छ । रावणको अवतारमा प्रस्तुत भएकी एक महिलाले १० जना नेताको तस्विर अंकित मुकुट लगाइएकी थिइन् । जसमा राजनीतिका शीर्ष नेताको तस्वीर छ । 

दायाँबाट क्रमश कांग्रेस सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, एमाले सचिव योगश भट्टराई, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेसका महामन्त्री गगन थापा, परराष्ट्रमन्त्री आरजु राणा, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, राप्रपा अध्यक्ष राजेन्द्र लिंग्देन र प्रधानमन्त्री केपी शर्मा ओलीको तस्वीर राखेर रावणको मुकुट बनाइएको छ ।
 

टिप्पणीहरू