अभिनेता विपिन कार्कीलाई मातृशोक
अभिनेता विपिन कार्कीलाई मातृशोक परेको छ । उनकी आमा सरस्वती कार्कीको आज पाटन अस्पतालमा उपचारको क्रममा निधन भएको बताइएको छ ।
कार्कीकी आमा लामो समयदेखि फोक्सो र मस्तिष्कसम्बन्धी रोगबाट ग्रसित थिइन् । एक सातादेखि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । उनकी आमाको शवलाई अन्त्येष्टीको लागि पशुपति आर्यघाट पुर्याइएको छ ।
पाँचथरमा चलचित्र ‘ऊनको स्वीटर’को छायांकनमा व्यस्त रहेका कार्की आमा सिकिस्त बिरामी भएपछि डेढ साताअघि काठमाडौँ फर्किएका थिए । हिजो ४१ औं जन्मोत्सव मनाए उनी यहि महिना दोश्रो सन्तानका पिता बन्दैछन् ।
टिप्पणीहरू