अध्यक्ष गुलाबजंगको असन्तुष्टि

अध्यक्ष गुलाबजंगको असन्तुष्टि

२०८१/०४/२३ गते ‘यौनकाण्डमा कठोर बन्दै एमाले’ शीर्षकमा सम्प्रेषित समाचारले मेरो प्रतिष्ठामाथि आघात पुगेको छ । उक्त समाचारप्रति निम्नअनुसारको बुँदागत खण्डन गर्दछु ।

महिला स्वयंले नै एमाले केन्द्रीय कार्यालय र प्रेस काउन्सिल नेपालमै उपस्थित भई मविरुद्ध ‘मैले कहीँ कतै उजुरबाजुर निवेदन दिएको छैन र आफू पीडित नभएको’ भनी लिखित निवेदन दिएको अवस्था छ ।

उहाँले दुई वर्षअघि पत्रकार सम्मेलन र फेसबुकमार्फत आफ्नो टिकटक आइडी ह्याक गरेर कसैले परपुरुषसँग फोटो जोडी भिडियो सामग्री पोष्ट गरेकोले दोषीमाथि आवश्यक कारबाही होस् भनी सार्वजनिकसमेत गर्नुभएको छ ।

समाचारमा एक स्थानीय नेत्रीले आफूलाई लामो समयदेखि शाहले विभिन्न प्रलोभन, धम्की त्रासमा पारेर यौन उत्पीडन गर्दै आएको उजुरी पार्टी अध्यक्षसमक्ष पेश गरेपछि उनी क्रमशः अप्ठ्यारोमा पर्दै छन् । अनुशासन आयोगका उपाध्यक्ष नेत्रप्रसाद पन्थीको संयोजकत्वमा बनेको तीन सदस्यीय समितिले स्थलगत भ्रमण र सबैसँग सोधपुछ गरेर प्रतिवेदनलाई अन्तिम रूप दिइरहेको छ । शाहलाई कम्तीमा ३ वर्षका लागि निलम्बन गर्ने योजनाअनुसार अघि बढेको भन्ने विषय भ्रामक छ ।

यस विषयमा नेत्र कमरेड स्वयंले ‘केही व्यक्तिले कर्णाली प्रदेशका अध्यक्ष गुलावजंग शाहको प्रतिष्ठामा आँच पुग्ने गरी कारवाहीको सिफारिस गरेको चर्चा चलाएर गलत गरेको’ भनी मिडियालाई जानकारी गराउनुभएको थियो ।

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू