कति डरलाग्दो छ क्रिप्टोको जालो

कति डरलाग्दो छ क्रिप्टोको जालो

दुई खर्ब ८६ अर्बभन्दा बढी रूपैयाँको क्रिप्टो करेन्सी कारोबारमा संलग्न भएको अभियोगमा प्रहरीले ५ जनालाई समातेर मुद्दा चलाएको ६ महिना बित्न लाग्दा पनि मुख्य व्यक्ति विमल पोद्धार भने अहिलेसम्म फरार छन् । 

भारतीय नागरिक उनको संलग्नता पछिल्लो १४ किलो सुन प्रकरणमा पनि जोडिएको छ । स्रोतका अनुसारेन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले अनुसन्धान गरेपछि गएको माघमा केहीलाई पक्राउ गरेको थियो । समातिनेमा कंलकीका अमन पनि थिए । सिआइबीले उनीसँगै अरु तीन जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा चलाएको छ । यो समूहसँगै मिलेर क्रिप्टो करेन्सीको कारोवार गर्ने जोनको पनि खोजी भइरहेको छ । उनी नेपाली मूलका अमेरिकन नागरिक भएको बताइन्छ । 

यसैबीच यिनै क्रिप्टो कारोबारीले आफ्नो व्यवसायमा प्रयोग हुने ल्यापटप लुकाउन गरेको अडियो संवाद जनआस्थाले फेला पारेको छ । सामान चैं तपाईंले गाडीमा हालिराख्नु अनि भोलि यिनीहरुलाई कति बजे बोलाउने त्यहीअनुसार गर्नु, अहिले सामानचैं गाडीमा हालिहाल्नु ।

उनीहरूको डिमाण्ड के छ सबै कुरा भनिसके मलाई । दाजुभाइको व्यवहार भोलि मिलाउँला । भोलि १२÷१ बजे खोल्ने सोल्ने के के गर्ने, हाम्रो डिल के–के गर्ने बसेर गरौंला ।मेरो भित्रपट्टि कोठामा बसम्ला । त्यो ल्यापटपहरू सबै केटासँग र’छ, चाबी लगाएर गाको ।तपाईंले यताउता गरेर ल्यापटप गाडीमा हालिराख्नु । कहिलेकाहिँ चतुर बुद्धि पनि लगाउनुपर्छ दाजुभाइ भएर ।

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू