एआइजीले के गर्लान् एआईजीलाई ?

एआइजीले के गर्लान् एआईजीलाई ?

नेपाल प्रहरीका एआइजी टेकप्रसाद राईको नेतृत्वमा गठित छानवीन कार्यदलले एआइजी श्याम ज्ञवालीविरुद्ध लागेका आरोप पुष्ट्याइँ हुने दसी प्रमाणहरु फेला पारेको बुझिएको छ । 

कार्यदलको हदम्याद नभए पनि ९।१० गतेसम्म प्रतिवेदन बुझाइने दावी स्रोतको छ । कसैलाई लागेको आरोपमाथि छानवीन गर्दा बहाल रहेकै बेला निर्दोष भए क्लिनचिट दिनु,  दोषी भए त्यहीमुताविकको कानुनी कारवाही गर्नु उचित हुन्छ ।

तर अवकाश भएपछि कारवाही गर्दा सोह्रै आना प्रतिशोधपूर्ण कारवाही देखिन्छ वा तजविजी अधिकार प्रयोग गरी अभय दान दिएको अर्थ लाग्नसक्छ । ज्ञवालीले उमेर हदका कारण भदौ २६ गतेदेखि अवकाश पाउँदैछन् ।

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू