बस दुर्घटनाका घाइतेलाई हेलिकोप्टरमा काठमाडौं ल्याइयो

बस दुर्घटनाका घाइतेलाई हेलिकोप्टरमा काठमाडौं ल्याइयो

तनहुँको आँबुखैरेनीमा भएको यात्रुवाह बस दुर्घटनाका घाइतेहरुलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ । नेपाली सेनाको हेलिकोप्टरमा ल्याइएका उनीहरुको महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचार थालिएको छ ।

तनहुँको आँबुखैरेनी गाउँपालिका २, ऐनापहरामा आज बिहान भएको भारतीय नम्बर प्लेटको बस दुर्घटनामा गम्भीर घाइते १२ जनालाई काठमाडौं ल्याइएको छ । पोखराबाट काठमाडौं आउँदै गरेको यूपी ५३ एफटी ७६२३ नम्बरको बस मर्स्याङदी नदीमा खसेको छ । 

उक्त दुर्घटनामा हालसम्म १४ जनाको निधन भएको प्रहरीले बताएको छ ।

यो पनि...

गुडिरहेको बसमाथि ढुंगा खस्यो, दुई दर्जन घाइते

टिप्पणीहरू