बालुवाटारकी यी ‘शक्तिशाली’ सुन्दरी

बालुवाटारकी यी ‘शक्तिशाली’ सुन्दरी

कांग्रेस र एमाले मिलेर बनेको वर्तमान सरकारको पहिलो शक्तिशाली प्रधानमन्त्री केपी शर्मा ओली हुन् । ओलीपछिको अर्को शक्तिशाली प्रमुख दल कांग्रेस सभापति शेरबहादुर देउवापत्नी परराष्ट्रमन्त्री आरजु देउवा । प्रधानमन्त्रीले सरकारको काममा आरजुसँग संवाद गर्ने गरेका छन् । उनै शक्तिशाली महिला आरजुलाई बालुवाटारको प्रतिनिधित्व गर्दै नेपाल ट्रष्ट सञ्चालक समितिको सदस्य याङजोम शेर्पाले राजदूत नियुक्तिको क्रममा भनेकी थिइन्, ‘मिलाएर गरौं है १ हजुरले त्यता मिलाउनु, म यता कुरा गरिहाल्छु ।’ 

याङजोमको कुरा सुनेपछि परराष्ट्रमन्त्रीले ‘के उनी बालुवाटारको खास प्रतिनिधि हो रु’ भनेर पत्ता लगाउन आफ्नो संयन्त्रलाई बुझ्नसमेत लगाएकी थिइन् । १४ साउन २०८१ सोमबार बसेको मन्त्रिपरिषद् बैठकले शिवमाया तुम्बाहाम्फेसहित १८ देशमा राजदूत नियुक्तिका लागि सिफारिस गरेको थियो । याङजोमले प्रधानमन्त्री ओलीतिर ‘म मिलाउँछु’ भनेर सूची नै बोकी हिँडेकी थिइन् । राजदूतका लागि लबिङ गरिरहेका कोशी प्रदेशतिरका एक जना सदस्यले पारिवारिक बैठकमा भनेकी थिइन्, ‘म हुन्छु होला, उता बालुवाटारमा याङजोमले मिलाउँछु भनेकी छन् ।’ 

परराष्ट्र स्रोतका अनुसार याङजोमबारे बालुवाटारतिर बुझ्दा ‘उहाँको कुरा नसुन्नु’ भनेपछि खासै महत्व दिइएको छैन । परराष्ट्र स्रोतले भन्यो, ‘त्यस्तो होइन भन्ने संकेत पायौं ।’ ताप्लेजुङकी याङजोम शेर्पाको केही वर्षअघिसम्म परिचय थियो, उद्घोषिका तथा समाजसेवी । तर, अहिले परिचय फेरिएको छ, शक्तिशाली महिला । याङजोमलाई २०७५ जेठमा तत्कालीन केपी ओली नेतृत्वको सरकारले नेपाल ट्रष्ट सञ्चालक समिति सदस्यमा नियुक्त गरेको थियो । धेरैलाई लागेको थियो उनी नेकपा ९एमाले० हुन् । तर सबैलाई चक्मा दिँदै नेपाली कांग्रेस र नेकपा ९माओवादी केन्द्र० मिलेर बनेको पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारबाट दोस्रो पटक ९ जेठ २०८० का दिन नेपाल ट्रष्ट सञ्चालक समितिको सदस्यमा दोस्रो कार्यकालका लागि नियुक्ति लिइन् । नियुक्ति मात्रै होइन माओवादी केन्द्रका चर्चित नेता सुदन किराती संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भएको बेला उनी नै हर्ताकर्ता थिइन् । सिंहदरबारअगाडिको बसेरा होटलमा अड्डा जमाएर विभिन्न नियुक्ति र ठेक्काको सूची बनाई हिँडेको भन्दै किरातीको आफ्नै कार्यकर्ताले आलोचना गरेका थिए । 
प्रचण्ड सरकारमा पनि हर्ताकर्ता बन्न खोजेकी याङजोम ओली नेतृत्वको सरकार बनेपछि बालुवाटारमा अड्डा जमाएर बस्ने गरेकी छन् । प्रधानमन्त्री पत्नी राधिका शाक्य धेरैको आदर्श र सम्माननीय पात्र हुन् । हाइ प्रोफाइल भए पनि लो प्रोफाइलमा चुपचाप बस्ने राधिकाको पार्टीभित्र मात्रै होइन बाहिर पनि सम्मान हुने गर्छ । तर, याङजोमले घरी–घरी राधिकाको समेत नाम बेच्ने गरेको बताइन्छ । प्रधानमन्त्री सचिवालयकी इमानदार पात्र रोशनी मेचेको समेत उनले नाम बदनाम हुने गरी चलखेल गर्ने गरेको बताइन्छ । 

याङजोमलाई साथ भने प्रधानमन्त्री ओलीका आइटी विज्ञ अस्गर अलीले दिएका छन् । अलि अघिल्लो पटक पनि प्रधानमन्त्रीका सूचना प्रविधि ९आइटी० सल्लाहकार थिए । स्रोतका अनुसार याङजोमले ओली प्रधानमन्त्री भएलगत्तै सरुवा र बढुवाको सूची नै तयार पारेकी छन्् । उनको सूचीमा वायुसेवा निगमको वरिष्ठ क्याप्टेन पदमा दिपुराज ज्वारचन पहिलो नम्बरमा छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललगायत अन्य दुई विमानस्थल ग्राउण्ड हेण्डलिङ सेवा निजीलाई दिन पनि उनले लबिङ गरेकी छन् । उनले यो सेवा निजी कम्पनीलाई दिनुपर्ने भनी नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाईसमेत राजी बनाएकी छन् । अधिकारीमाथि अख्तियारमा उजुरीको चाङ छ । उता, प्रधानमन्त्रीमार्फत अख्तियारमा उक्त मुद्दा मिलाइदिने तर ग्राउण्ड हेण्डलिङमा आफूले भनेअनुसार गर्नुपर्छ भनेर कानेखुशी गरेको स्रोतको भनाइ छ ।

पद सञ्चालकको, सुविधा कार्यकारीको

उनी नेपाल ट्रष्टमा मनोनीत सञ्चालक समिति सदस्य हुन् । तर, सञ्चालक भएर पनि सहसचिव बराबरको सुविधा लिन्छन् । तलब, गाडी, इन्धन र दैनिक भ्रमण खर्चसमेत निजामती कर्मचारीसरह नै छ् । तर ‘सुविधामोह’लाई मन्त्रिपरिषद्ले नै स्वीकृत गरेकाले कानुनी प्रश्न गर्ने आधार छैन । नेपाल ट्रष्ट ऐन २०६४ अनुसार सञ्चालक समिति सदस्य कार्यकारी पद हैन । याङजोमले करोड पर्ने गाडी लिएर हिँड्ने गरेकी छन् । उनले ट्रष्टमा सबैभन्दा राम्रो विभाग सम्पत्तिको संरक्षण र उपयोग गर्ने पक्ष हेरिरहेकी छन् । 

– रघुचन्द्र शाह

 

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू