चलचित्र विकास बोर्डमा तीन जना सिफारिस, सूर्यकुमारी ‘आउट’

चलचित्र विकास बोर्डमा तीन जना सिफारिस, सूर्यकुमारी ‘आउट’
सुन्नुहोस्

चलचित्र विकास बोर्डमा रिक्त अध्यक्षका लागि तीन जनाको नाम सिफारिस गरिएको छ । छ जना आवेदकमध्येबाट सिफारिस समितिले दिनेश डिसी, राजेश थापा र दिपा पाण्डे बस्नेतको नाम सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङसमक्ष बुझाएको बताइएको छ ।

मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले एक जनालाई अध्यक्ष नियुक्त गर्नेछ । गत साउन ९ गते निवर्तमान अध्यक्ष भुवन केसीको कार्यकाल सकिएपछि सञ्चार मन्त्रालयले गरेको विज्ञापनमा  छ जनाले आवेदन दिएका थिए । 

अध्यक्षमा आवेदन दिएसँगै चर्चामा आएकी अभिनेत्री करिष्मा मानन्धर भने छनोटमा परेकी छैनन् । उनले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र एमाले वरिष्ठ उपाध्यक्ष इश्वर पोखेरलसँग भेटेर लबिंग गरेको चर्चा व्यापक भएको थियो । तर अध्यक्षको बलियो दाबेदार मानिएकी करिष्मा अर्थात सूर्यकुमारी छनोटमा पर्न सकिनन् ।

टिप्पणीहरू