एमाले मुख्यालयमा कमरेडहरु छमछमी

एमाले मुख्यालयमा कमरेडहरु छमछमी

हरितालिका तीज आउन एक साता बाँकी छँदै सत्तारुढ नेकपा (एमाले) का नेताहरुले तीज मनाएका छन् । एमाले गण्डकी प्रदेश सम्पर्क कमिटीको आयोजनामा आज च्यासलस्थित मुख्यालयमा कमरेडहरुले नाचगानसहित तीज उत्सव मनाएका हुन् । 

तुल्सीलाल स्मृति हलमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको फोटोसहितको 'तीज उत्सव-२०८१' लेखिएको ब्यानर टाँगेर रातो साडीमा सजिएका महिला नेतृहरुले नाचेर तीजको मनोरंजन लिए । कार्यक्रममा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, सचिव पद्मा अर्याललगायत छमछमी नाचे । 

महिला नेत्रीसँगै नेता लालबाबु पण्डितले पनि कम्मर मर्काएका थिए ।

टिप्पणीहरू