डेंगीबाट ज्यान जाने क्रम बढ्यो

डेंगीबाट ज्यान जाने क्रम बढ्यो
सुन्नुहोस्

डेंगी संक्रमणबाट मृत्यु हुनेको संख्या चार पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाको पछिल्लो तथ्याङ्कअनुसार संक्रमितमध्ये चार जनाको मृत्यु भइसकेको छ । 

गत पुसयता फैलिएको डेंगीबाट हालसम्म छ हजार आठ सय ३१ जना संक्रमित भएका छन् । तीमध्ये चार जनाको निधन भएको महाशाखाको भनाइ छ । महाशाखाका अनुसार ७७ वटा जिल्लामध्ये हुम्ला र मुस्ताङबाहेक सबै जिल्लामा संक्रमण पुष्टि भइसकेको छ । 

सात प्रदेशमध्ये सबैभन्दा बढी डेंगी संक्रमित गण्डकीमा छन् । त्यहाँ तीन हजार दुई सय २९ जनामा संक्रमण पुष्टि भएको हो । यसपछि बागमतीमा एक हजार सात सय २३ जना डेंगी संक्रमण भेटिएको छ । 

कोशीमा आठ सय १५, मधेशमा एक सय ६, लुम्बिनीमा चार सय ७४, कर्णालीमा एक सय ५ र सुदूरपश्चिममा तीन सय ७९ जनामा डेंगी संक्रमण पुष्टि भएको महाशाखाले जानकारी गराएको छ ।
 

टिप्पणीहरू