सेनाको कुवेतमा इधरका उधर

सेनाको कुवेतमा इधरका उधर
सुन्नुहोस्

नेपाली सेनाको कार्यक्षमता र कार्यकुशलतालाई तिखार्नका लागि स्थापित विभिन्न विभागहरूमध्ये सम्भार रथीले आवश्यक सामग्री खरिद गर्दछ । अधिकांश सैनिक सामग्री खरिद र वितरणको जिम्मा पाएको यस विभागमा प्रमुख बनाइएका महासेनानी दिपक भण्डारीलाई नालायक ठहर गरी भर्खरै जिम्मेवारीबाट हटाइएको छ । उनी र दुई तारे जर्नेल प्रकाश देउजाले खरिद गरेका सामान महँगो हुनुका साथै ठेकेदारहरूलाई समेत पैसा मागेर हैरान बनाएका किस्साहरू जंगी अड्डामा सुन्न पाइन्छ । कारवाही गर्नुको सट्टा यताबाट उता लगेर उन्मुक्ति दिने यसअघिको रवैयामा नयाँ सेनापतिले क्रमभंग गर्ने विश्वास सैनिक अधिकृतहरूले लिएका छन् ।

दिपक भण्डारीलाई जिम्मेवारीबाट हटाइएपछि यडी सप्लायर्सका झंक भट्ट, एन एस ट्रेड श्लोक इन्टरप्राइजेजका रितेश अग्रवाल, अलबेलो ट्रेडका जलेश्वर पौडेल, आर ए इन्टरनेशनलका राजेश अग्रवाल र राजश्री इन्टरप्राइजेजका सञ्चालकहरू खुलेर उनी र प्रकाशले गरेका कमिसनका बान्कीबारे जंगी अड्डामा बेलिविस्तार लगाइरहेका छन् । हाकिमहरूका द्रव्यमोह पूरा गर्ने क्रममा ठेकेदार कम्पनीहरू नै बदनामी कमाउन बाध्य भएका प्रसंग सुनिने गरेका छन् ।

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू