एमालेका दुइटै सचिव बिदेशतिर

एमालेका दुइटै सचिव बिदेशतिर

एमाले सचिव योगेश भट्टराई चीन र अष्ट्रेलिया जान लागेका छन् । उनी चाइना एकेडेमी अफ सोसलिज्मले आयोजना गर्न लागेको कार्यक्रममा भाग लिन आज राति चीन जाने तयारी छ । 

भट्टराई एक साताको अवधि चीनमा बिताएर उतै उतै अस्ट्रेलिया जाने बुझिएको छ । अर्का सचिव रघुवीर महासेठको पनि सिड्नी यात्रा तय भएको छ ।

महासेठ निकट स्रोतका अनुसार उनीहरु दुवै अस्ट्रेलिया गए पनि कार्यक्रम र भ्रमण स्थल भने फरक छ ।

टिप्पणीहरू