पूर्वअर्थमन्त्रीलाई दुर्लभ रोग,श्रीमतीसहित चीनतिर

पूर्वअर्थमन्त्रीलाई दुर्लभ रोग,श्रीमतीसहित चीनतिर

नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन उपचारका लागि चीन जानुभएको छ । पूर्वसभामुखसमेत रहेकी पत्नी ओनसरी घर्तीमगरसँग उहाँ आज त्यता जानुभएको हो । 

एअर चाइनाको उडान नम्बर सिए ४३८ मार्फत उहाँहरु १२ बजेर ५ मीनेटमा त्यता प्रस्थान गर्नुभएको जनाइएको छ । वंशाणुगत जण्डिसको समस्या भएका पुनले यसअघि सेन्चन शहरको थर्ड पिपुल्स अस्पतालमा उपचार गराउनुभएको थियो। 

उहाँ फलोअप उपचारका निम्ति त्यता जानुभएको स्रोतले बतायो । ‘उहाँ तीन–चार दिनमा फर्किनुहुन्छ होला । मंसिरमै उपचारका लागि जानुपर्ने उहाँ व्यस्तताका कारण त्यतिबेला जान पाउनुभएन,त्यसैले अहिले जानुभएको हो’,स्रोतले भन्यो । 

स्रोतका अनुसार उहाँलाई ‘बिलिरुबिन’ मा समस्या देखिएको छ । बिलिरुबिन एक पहेँलो पदार्थ हो, जुन पुरानो रक्त कोशिकाहरु तोडिदा उत्पादन हुन्छ । कलेजोद्वारा उत्पादन हुने यो पदार्थ पित्त थैलीमा भण्डारण हुन्छ । 

उहाँ बेहोस हुनुभएपछि माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ज्यान जोगाइदिन तत्कालीन चिनियाँ प्रधानमन्त्री लि खछ्याङ्गलाई नै आग्रह गर्नुभयो ।

बिलिरुबिन बढ्नु जण्डिसजस्तै रोग लाग्नु हो । सामान्य मानिसको शरीरमा एक दशमलव तीन मिलीग्राम बिलिरुबिन हुन्छ । तर, पुनको शरीरमा सामान्य अवस्थामै पनि ११–१२ मिलीग्राम बिलिरुबिन देखिने गरेको छ । कोरोना महामारीताका स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि थाइल्याण्डको बैंककस्थित एक अस्पतालमा भर्ना हुनुभएका पुनको बिलिरुबिन बढेर ४० मिलिग्राम पुगेको थियो । 

उहाँ बेहोस हुनुभएपछि माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ज्यान जोगाइदिन तत्कालीन चिनियाँ प्रधानमन्त्री लि  खछ्याङ्गलाई नै आग्रह गर्नुभयो । कोरोना महामारीका कारण बाहिरी आवागमन ठप्प पारेको चीन सरकारले तत्काल १२ जना चिकित्सकसहित एअर एम्बुलेन्स पठाएर उहाँको उद्दार गरेको थियो ।

४० जना चिकित्सकले १५ दिनसम्म आइसीयुमा राखेर उहाँको उपचार गरेका थिए । एक सातापछि बल्ल होश् खुलेका उहाँलाई पायल्सका कारण अत्यधिक रक्तस्रावसमेत भएको थियो ।

टिप्पणीहरू