पूर्व उपराष्ट्रपतिपछि परराष्ट्रमन्त्रीमाथि जनकारबाहीको माग

पूर्व उपराष्ट्रपतिपछि परराष्ट्रमन्त्रीमाथि जनकारबाहीको माग

नेकपा बहुमतले परराष्ट्रमन्त्री डा. आरजू राणा देउवामाथि जनकारबाहीको माग गरेको छ । पार्टीको ३ नम्बर (बागमती प्रदेश) ब्युरोले उहाँको अध्यक्षतामा स्थापित खुमलटारस्थित युलेन्स स्कुल बाहिर कालो ब्यानर टाँगेर जनकारबाही गर्नुपर्ने कारण खुलाएको छ । 

भ्रष्टाचारीलाई सामाजिक बहिष्कारको माग गर्दै ब्यानर झुण्डाइएको बताइएको छ । ब्यानरमा नक्कली भुटानी शरणार्थी काण्डमा संलग्न रहेको, कैलालीको टिकापुर जग्गा काण्डमा संलग्नता देखिएको र संविधान विपरीत शैक्षिक माफियाको भूमिका निर्वाह गरेको आरोप लगाइएको छ । 

भ्रष्टाचारीलाई सामाजिक बहिष्कार भन्दै उक्त पार्टीले गतसाता पूर्व उपराष्ट्रपति तथा माओवादी नेता नन्दकिशोर पुनको थानकोटस्थित निवासमा पनि कालो तुल झुण्डाएको थियो ।

टिप्पणीहरू