एमाले टोलीसँग मन्त्रीको भेट, जनतालाई सन्तोष पार्नेगरी काम गरिरहेको दाबी
उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले देशलाई समृद्ध बनाउन सरकार लागिपरेको दाबी गरेका छन्।
प्रधानमन्त्रीको दल नेकपा एमालेको शहरी विकास विभागकातर्फबाट नेता शेरबहादुर तामाङ नेतृत्वले बुझाएको ज्ञापन पत्र बुझ्दै उनले त्यस्तो बताएका हुन् । जनतालाई सन्तोष पार्न सरकारले आवश्यक पहलकदमी लिइरहेको मन्त्री सिंहको भनाई छ ।
कानुन अभावका कारण शहरी विकासलाई व्यवस्थित गर्न नसकिएको भन्दै उनले पुराना ऐन संशोधन गरी नयाँ बनाउने कामलाई सरकारले पहिलो प्राथमिकतामा राखेको पनि उनले एमाले नेताहरुलाई जानकारी गराए । आफू मन्त्री बनेर आइसकेपछि विकास निर्माणसँगै नीति बनाउने काममा ध्यान दिइरहेको सिंहको दाबी छ । यसमा सबै पक्षबाट सहयोगको अपेक्षा राखेको उनले बताए ।
‘ऐनहरुको अभावको कारणले गर्दा, पुराना ऐनहरुलाई समय बदलिसकेको छ, पुरानै जमानाको ऐनले काम दिँदैन । त्यो कारणले गर्दा म यहाँ आइसकेपछि सबैभन्दा बढी जोड दिएको विकास निर्माणका कामहरु त भइराख्छ तर नीति बनाउने कुरामा काम गरेको तर कार्यान्वयनमा जान नसकेको अवस्था छ', मन्त्री सिंहले भने, 'मन्त्रीपरिषद्मा लगेर, संसदमा लगेर ऐन बनाउने कुरामा मैले जोड दिइरहेको छु । मलाई विश्वास छ, तपाईंहरुको त्यसमा पूरा सहयोग रहनेछ । अहिले सरकार नेपाली काँग्रेस र नेकपा एमालेकै हो । भनेपछि हामीले जनतालाई सन्तोष पार्न के गर्नुपर्छ, त्यसमा हामी लाग्नुपर्छ ।’
जनतालाई खुसि बनाउन सुविधायुक्त गाउँ र शहर बनाउनुपर्ने तर्क पनि उनले राखेका छन् । अत्यावश्यक भौतिक पूर्वाधार गाउँगाउँमै पुर्याउन सरकार लागिरहेको उनले बताए ।
एमालेको शहरी विकास विभागले शहर व्यवस्थ्ति बनाउने सुझावसहितको ज्ञापन पत्र उपप्रधानमन्त्री सिंहलाई बुझाएको हो ।
टिप्पणीहरू