अमेरिकी राष्ट्रपतीय उम्मेदवारहरु आमने–सामने हुँदै
अमेरिकी राष्ट्रपतीय निर्वाचनका प्रत्याशीद्वय उपराष्ट्रपति कमला ह्यारिस र पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प राष्ट्रपतीय निर्वाचन अघिको बहसमा सामेल हुँदैछन् ।
बहस फिलाडेल्फियामा स्थानीय समयअनुसार भोलि राति ९ बजेदेखि शुरु हुने बताइएको छ । करिब ९० मिनेट लामो बहसमा कार्यक्रम सञ्चालकहरुले दुबै जनालाई घरेलु नीति, कर कटौती, अप्रवासी समस्या, परराष्ट्र मामिला लगायत विषयमा सोध्ने छन् ।
ट्रम्प पाँचौ पटक राष्ट्रपतीय निर्वाचनसम्बन्धी बहसमा उत्रँदै छन् भने ह्यारिसको यो पहिलो पटक हो ।
टिप्पणीहरू