पोखरामा रवि लामिछानेविरुद्ध नाराबाजी, कालोझण्डा देखाइयो

पोखरामा रवि लामिछानेविरुद्ध नाराबाजी, कालोझण्डा देखाइयो
सुन्नुहोस्

पोखराको सूर्यदर्शन सहकारीका पीडितहरुले पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई कालोझण्डा देखाएका छन् । 

उक्त सहकारीको रकम हिनामिनामा मुछिएका उनीविरुद्ध पीडितले आज नाराबाजी गर्दै कालोझण्डा देखाएका हुन् ।

रवि आज दिउँसो पार्टीको प्रदेशस्तरीय कार्यक्रममा सहभागी हुन पोखरा पुगेका थिए । त्यसक्रममा कार्यक्रमस्थलबाहिर सहकारी पीडितले प्रदर्शन र नाराबाजी गरेको बताइएको छ ।

टिप्पणीहरू