मन्त्री नयाँ दिल्लीतर्फ, सांसद र मेयर बैंगलोरमा

मन्त्री नयाँ दिल्लीतर्फ, सांसद र मेयर बैंगलोरमा
सुन्नुहोस्

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे भारत जानुभएको छ  । मन्त्री पाण्डे आज अपरान्ह नेपाल वायुसेवाको उडानमा काठमाडौंबाट त्यता जानुभएको छ ।

निगमको उडान नम्बर आरए–२१७ मा उहाँ अपरान्ह सवा २ बजे काठमाडौँबाट नयाँ दिल्लीतर्फ प्रस्थान गर्नुभएको हो । 

आजै काठमाडौँ महानगरका मेयर बालेन्द्र साह र प्रतिनिधिसभाका सांसद चन्दा चौधरी पनि भारत गएको बताइएको छ । सांसद र मेयर नेपाल एअरलाइन्सको उडान नम्बर आरए–२२५ मा अपरान्ह २ः२५ बजे भारतको बैंगलोर प्रस्थान गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन स्रोतले बतायो ।
 

टिप्पणीहरू