उपसभामुख विरुद्धको हस्ताक्षर संकलनमा सांसदहरु व्यस्त !

उपसभामुख विरुद्धको हस्ताक्षर संकलनमा सांसदहरु व्यस्त !
सुन्नुहोस्

नेपाली काँग्रेसले उपसभामुख इन्दिरा रानामगरलाई हटाउने तयारीस्वरुप हस्ताक्षर थालेको छ । काँग्रेस सचेतक सुशिला थिङले संसदको बैठक कक्षमा  फाइल उचाल्दै आफ्ना प्रत्येक सांसदकोमा पुगेर हस्ताक्षर संकलन गरेको बताइएको छ ।

उपसभामुखविरुद्ध एमालेले पनि आफ्ना सांसदहरुको हस्ताक्षर संकलन गरिरहेको काँग्रेस निकट स्रोतले जानकारी दिएको छ । यता, सत्तारुढ गठबन्धनले उपसभामुख मगरलाई हटाउने तयारी गरेको चर्चासँगै रास्वपाले आज संसदीय दलको बैठक बोलाएको थियो । 

रास्वपाबाट उपसभामुख बनेकी रानामाथि पाँच जनालाई अमेरिका पुर्याउन पदको दुरुपयोग गरेर अमेरिकी दूतावासलाई पत्र लेखेको गम्भीर आरोप छ । सोही आरोपमा उपसभामुखबाट उनलाई हटाउने प्रस्ताव लैजाने सत्तापक्षले तयारी गरेको खबर बिहानै बाहिरिएको थियो ।

यता एमालेका मुख्य सचेतक महेश बर्तौलाले उपसभामुख हटाउने तहमा छलफल नभएको जानकारी दिएका छन् ।

टिप्पणीहरू