पूर्व मुख्यमन्त्री र नगरप्रमुख बिहानैदेखि आमरण अनसनमा
कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्की पुनः आमरण अनसन बसेका छन् । उनलाई हिजो साँझ अनसन बसेको प्रदेश सभा भवन बाहिरको बनसखण्डी मन्दिरको गेट छेउबाट प्रहरीले उठाएर लगेको थियो ।
स्थानीय प्रशासनले लगाएको निषेधित क्षेत्रको अवज्ञा गरेको भन्दै प्रहरीले साँझ उठाएर घरमा छाडेको थियो । राति घरमा सुतेपछि बिहानदेखि देवकोटा चोकमा अनसन बसेका हुन् ।
हिजो अनसन बसेका विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालालाई पनि प्रहरीले उठाएको थियो ।
टिप्पणीहरू