साँझ नयाँ प्रधानन्यायाधीश सिफारिस गरिँदै

साँझ नयाँ प्रधानन्यायाधीश सिफारिस गरिँदै

उपसभामुख इन्दिरा रानामगरलाई हटाउने चर्चाबीच प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाउनुभएको छ । 

आज साँझ ५ बजे सिंहदरबारमा डाकिएको बैठकले प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्ने जनाइएको छ । प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषदमा प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभा अध्यक्ष, प्रमुख प्रतिपक्षी दलका नेता र उपसभामुख सदस्य रहने व्यवस्था छ । 

अहिलेको संरचनाअनुसार परिषदमा सत्ता र प्रतिपक्षको ५०–५० प्रतिशत प्रतिनिधित्व देखिन्छ । कुनै विषयमा सर्वसम्मत हुने अवस्था नरहे परिषद बैठकले बहुमतका आधारमा निर्णय गर्छ । त्यसकारण प्रधानमन्त्री ओलीले आफू अनुकूल बनाउन उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउने योजना बनाएको चर्चा चलिरहँदा परिषद बैठक डाकिएको छ । 

प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठको आगामी असोज २० गतेदेखि अनिवार्य अवकाश हुँदै छ । त्यसको एक महिना अगावै भावी प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया अघि बढाउनुपर्ने संवैधानिक व्यवस्था छ । यद्यपि यसअघि धेरै पटक यो व्यवस्था मिचिइसकेको छ ।

टिप्पणीहरू