प्रधानमन्त्रीलाई भेटेर रविले भने- उपसभामुख हटाए घातक

प्रधानमन्त्रीलाई भेटेर रविले भने- उपसभामुख हटाए घातक
सुन्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उपसभामुख इन्दिरा राना मगरलाई पदबाट नहटाउन प्रधानमन्त्रीलाई आग्रह गरेका छन् । 

बिहान बसेको सचिवालय बैठक पश्चात् सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आफूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर त्यस्तो कदम नचाल्न अनुरोध गरेको जानकारी दिए । ‘प्रमसँग मैले गलत गर्दै हुनुहुन्छ भनेर भेटेर भनेको हो । जे सोँचेको छ त्यो सत्य हो भने घातक हुन्छ भनेर मैले भनेर आएको हो‚’ लामिछानेले भने । 

जवाफमा ओलीले आफू नेपाली कांग्रेससहितका दलसँग छलफलमा रहेको प्रतिक्रिया दिएको उनले बताए ।

टिप्पणीहरू