योगेश भट्टराईको 'हिँसा' शब्द रेकर्डबाट नहटेपछि संसदमा लफडा

योगेश भट्टराईको 'हिँसा' शब्द रेकर्डबाट नहटेपछि संसदमा लफडा
सुन्नुहोस्

नेकपा (एमाले)का सांसद योगेश भट्टराईले प्रयोग गरेको ‘हिंसा’ शब्द संसदको रेकर्डबाट नहटाएपछि प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रले आपत्ति जनाएको छ । 

सांसद भट्टराईले भदौ १२ गतेको प्रतिनिधि सभा बैठकमा १० वर्षे जनयुद्धलाई ‘माओवादी हिंसा’ भनेका थिए । त्यसप्रति माओवादी केन्द्रका सांसदहरुले आपत्ति जनाउदै सभामुख देवराज घिमिरेसमक्ष ‘हिंसा’ शब्दलाई संसदको रेकर्डबाट हटाउन माग गरेका थिए । 

तर, आजको बैठकमा सभामुख घिमिरिले हिंसा शब्द संसदको रेकर्डबाट हटाउन आवश्यक नदेखिएको जानकारी गराएपछि नोकझोक शुरु भएको हो । 

माओवादी केन्द्रका सांसद हितराज पाण्डेले संविधानमै जनयुद्ध र सशस्त्र संघर्ष भनेर किटान गरिएको शब्दलाई हिंसाको संज्ञा दिएर सरकारले सहिदहरुको अपमान गर्न खाजेको बताए । 

उनले भने, ‘जनयुद्ध जसरी शान्ति प्रक्रिया हुँदै आजसम्म आइपुग्यो, हामीले संविधानमा बाख्या गरिएको विषयलाई गलत ढंगले बाख्या गरिनु संविधानविपरित हो । संविधानभन्दा बाहिर कोही जान सक्दैन । नत्र संविधानको बर्खिलाप हुन्छ । मैले संविधानको कुरा उठाइरहेको छु । सचिवायले जुन बाख्या गर्यो, कुन संविधान हेर्यो ?’

त्यस्तै, अर्का सांसद देवेन्द्र पौडेलले जनयुद्धको विषयमा संविधानको प्रास्तवना नै पढेर सुनाए । भने, ‘संविधानकाृे प्रस्तावना २ जनयुद्धको विषयमा स्पष्ट बाख्या गरिएको छ, के हामी संविधानभन्दा बाहिर गएर संसद चलाउने हो  ? सभामुखले पनि संविधानविपरित रुलिंग गर्न मिल्छ ?’

एमालेका सांसद रघुजी पन्तले भने हिंसा शब्द कुनै पनि दृष्टिकोणले असंसदीय नभएको जिकिर गरे । ‘मैले पहिलेका संसदमा पनि थुप्रै पटक हिंसा बोलेको छु, फर्केर हेरौ, अरु थुप्रै मान्यहरुले बोल्नु भएको छ, हिंसा शब्द कुनै पनि ढंगले असंसदीय हैन’, उनले भने । 

'हिँसा'शब्द संसद्को रेकर्डबाट हटाउन माग गर्दै माओवादी सांसदहरुले अवरोध जारी राखेपछि बैठक स्थगित गरिएको छ ।

 

टिप्पणीहरू