आइपुग्यो निगमको वाइड बडी विमान, साँझदेखि नियमित उडान

आइपुग्यो निगमको वाइड बडी विमान, साँझदेखि नियमित उडान
सुन्नुहोस्

नेपाल वायुसेवा निगमको वाइड बडी ३३० विमान सी चेकपछि काठमाडौं आइपुगेको छ । ९ एन–एएलवाई अन्नपूर्ण विमान नियमित सी चेक मर्मतपछि आज बिहान साढे ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको जनाइएको छ । 

मर्मतका लागि असार ९ गते इटाली लगिएको विमान साढे दुई महिनापछि नियमित सेवामा फर्कन लागेको हो । पाँच जना चालक दलका सदस्यसहित इटालीको नेपल्सबाट आएको विमानले साँझदेखि नियमित उडान गर्ने तालिका बनाइएको छ ।

निगमले लामो दूरीका जापानको नारिता लगायत स्थानमा उडान नियमित हुने जनाएको छ । निगमका ठूला चारमध्ये तीन वटा विमानले सेवा दिने भएको छ ।

टिप्पणीहरू