अमेरिका जानुअघि प्रधानमन्त्रीले संसदमा बोल्ने
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा विशेष सम्बोधन गर्नुहुने भएको छ ।
अमेरिका भ्रमणबारे जानकारी गराउन उहाँले भदौ ३१ गते संसदमा सम्बोधन गर्ने कार्यसूची तय भएको हो । प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसङ्घीय महासभामा भाग लिन असोज ४ गते नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिका जाँदै हुनुहुन्छ ।
प्रधानमन्त्रीको भ्रमण क्याविनेटबाट स्वीकृत भइसकेको छ ।
टिप्पणीहरू