हिजोको बैठक स्थगितपछि प्रमुख दलका नेताहरु बालुवाटारमा

हिजोको बैठक स्थगितपछि प्रमुख दलका नेताहरु बालुवाटारमा
सुन्नुहोस्

प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बालुवाटारमा छलफल भएको छ । उहाँहरुले संवैधानिक परिषद्को बैठकबारे परामर्श गरेको बताइएको छ ।

हिजो साँझ डाकिएको बैठक स्थगित गरिएको थियो । आगामी असोज तेस्रो सातादेखि प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अवकाश हुने भएकाले नयाँ प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्नुपर्ने अवस्था छ । 

काँग्रेस सभापति देउवाको जन्मदिन परेकाले बालुवाटारमा प्रधानमन्त्री ओली र माओवादी अध्यक्ष प्रचण्डले उहाँलाई आज शुभकामना र बधाई दिनुभएको छ । बालुवाटारमा प्रमुख तीन दलका शीर्ष नेताबीच छलफलको क्रममा ओलीले जन्मदिनको शुभकामना दिनुभएको हो । उहाँले देउवाको सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना गर्नुभएको छ । 

देउवालाई खादा लगाइदिएको फोटो सामाजिक सञ्जालमा राख्दै प्रधानमन्त्री ओलीले लेख्नुभएको छ, ‘आज पूर्वप्रधानमन्त्री, मेरा मित्र शेरबहादुर देउवाको जन्मदिन परेको छ । प्रमुख तीन दलका नेताहरुसँग समसामयिक राजनीतिक विषयमा कुरा पनि भयो । आजको भेटमा शेरबहादुरजीलाई जन्मदिनको शुभकामना दिने अवसर मिल्यो । सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना शेरबहादुरजी !’

टिप्पणीहरू