श्रीमतीले विष पिएपछि सिके राउतले हाले डिभोर्स मुद्दा

श्रीमतीले विष पिएपछि सिके राउतले हाले डिभोर्स मुद्दा

जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले श्रीमतीसँग सम्बन्ध विच्छेदका लागि अदालतमा मुद्धा दायर गरेका छन् । 

श्रीमती सोनी सिन्धु रानीसँग सम्बन्ध विच्छेदको लागि उनले ललितपुर जिल्ला अदालतमा मुद्दा हालेका हुन् । सोनी भारतीय नागरिक हुन् । श्रीमती माइत गएर बस्न खोज्ने, विभिन्न वाहनामा झगडा गरिरहने गरेकाले सम्बन्ध बिच्छेद गर्नु परेको राउतले फिराद पत्रमा उल्लेख गरेका छन् । 

सोनीले ०७० सालमै डिभोर्स मागेको पनि फिरादपत्रमा खुलाइएको ललितपुर जिल्ला अदालतका सूचना अधिकारी रामसजिवन महतोले जानकारी दिए । उनका अनुसार श्रीमतीले बारम्बार डिभोर्स दिन दबाब दिएपछि अध्यक्ष राउतले मुद्धा दर्ता गराएका हुन् । 

‘पहिला पनि उहाँको श्रीमतिले डिभोर्स माग्दै पाइजेन (विष) खानुभएको रहेछ’, उनले जनआस्थासँग भने, ‘घरमा बस्न नमान्ने, बाहिर मात्रै बस्ने, माइत गइरहने, बालबच्चा नहेर्ने लगायतको कारणहरु निवेदनमा खुलाइएको छ ।’

राउत र सोनीबाट एक छोरो र दुई छोरी छन् ।

टिप्पणीहरू