रास्वपाको भेलामा १५ सय जुट्ने अनुमान

रास्वपाको भेलामा १५ सय जुट्ने अनुमान

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को राष्ट्रिय भेलामा १५ सय प्रतिनिधि सहभागी हुने भएका छन् । राष्ट्रिय भेलाको तयारीबारे सूचना दिन आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी गराइएको हो ।

रास्वपाले यही असोज १ र २ गते काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा भेला गर्दैछ । आज पार्टी कार्यालय चःमतिमा पत्रकार सम्मेलन गर्दै कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले तयारी अन्तिम चरणमा पुगेको बताए । 

भेलामा गाउँपालिका, नगरपालिका तहका कमिटी, जिल्ला कमिटी, प्रदेशको कार्य समित, विभाग, आयोगहरूबाट प्रतिनिधित्व रहने जानकारी गराइएको छ । त्यस्तै, केन्द्रीय समिति, विभाग र आयोग गरी कुल दुई हजार जना प्रतिनिधि रहनेमा असोज १ गते चाडपर्वसमेत परेकाले प्रतिनिधि संख्या १५ सय हाराहारी हुने अनुमान गरिएको बुर्लाकोटीले बताए ।

राष्ट्रिय भेलाका लागि रास्वपाले १५ वटा उपसमिति गठन गरेको छ । भेलामा राजनीतिक प्रतिवेदनका अतिरिक्त विधान संशोधन प्रस्ताव पनि पेश हुनेछ । रास्वपाले आगामी २०८२ वैशाख तेस्रो साता पहिलो महाधिवेशन गर्ने तयारी गरेको छ ।

टिप्पणीहरू