प्रेस चौतारीका अध्यक्षविरुद्ध उजुरी, प्रहरीद्धारा सोधपुछ

प्रेस चौतारीका अध्यक्षविरुद्ध उजुरी, प्रहरीद्धारा सोधपुछ
सुन्नुहोस्

नेकपा एमालेको भातृ संगठन प्रेस चौतारी, नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेतविरुद्ध साइबर ब्यूरोमा उजुरी परेको छ । 

उनीविरुद्ध साइबर कानुन उल्लङ्घनसम्बन्धी उजुरी परेको ब्यूरोका प्रवक्ता एसपी दिपकराज अवस्थीले जानकारी दिए । उजुरी सम्बन्धमा बस्नेतसँग सोधपुछ गरिएको उनले बताए । 

‘उहाँविरुद्ध एउटा साइबर कानुन उल्लङ्घनसम्बन्धी उजुरी आएको छ । ब्यूरोले फोनमार्फत उहाँसँग सोधपुछ गरेको छ’,अवस्थीले भने ।

टिप्पणीहरू