टेलिसिरियल हेर्न प्रचण्ड र बाबुराम एकैसाथ मण्डलामा

टेलिसिरियल हेर्न प्रचण्ड र बाबुराम एकैसाथ मण्डलामा
सुन्नुहोस्

माओवादी जनयुद्धमा आधारित नेपाली टेलिश्रृंखला 'राधाकृष्ण' शुक्रवारदेखि प्रशारणमा आउने भएको छ ।

आज काठमाडौंको मण्डला थिएटरमा विशेष शो प्रदर्शन गर्दै शृंखला निर्माण पक्षले यसबारे जानकारी गराएको हो । जनयुद्धका नेतृत्वकर्ता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल समाजवादी पार्टीका संयोजक डा. बाबुराम भट्टराईले सँगै शृंखला हेर्नुभएको थियो । 

टेलिश्रृंखलाको बारेमा जानकारी दिँदै कलाकार मरिचमान श्रेष्ठ (बल्छि धुर्वे) ले हरेक हप्ताको शुक्रवार साँझ ७ बजे 'बल्छी धुर्वे' युट्युव च्यानलमा प्रशारण हुने जानकारी दिए । 

कलाकार श्रेष्ठले टेलिश्रृंखलामा १० वर्षे माओवादी जनयुद्धताकाका घटनाहरुलाई देखाइने बताएका छन् । जनयुद्धकै कारण नागरिकले स्वतन्त्रता पाएको भन्दै उनले समाज परिवर्तनमा खेलेको भूमिका शृंखलामा प्रस्तुत गरिएको उल्लेख गरे । त्यसक्रममा उनले बल्छी धुर्वे माओवादी भएछ भन्ने अफवाह नराख्नसमेत आग्रह गरेका छन् ।


 

‘राधाकृष्णले हामीले १० वर्षसम्म भोगेको जनयुद्ध । हामी यसरी बोल्न पाएको जनयुद्धकै कारणले हो जस्तो मलाई लाग्छ । समाजमा ठूलो परिवर्तन गरेको छ । त्यो अवस्थामा के भएको थियो । कस्ता घटना भएका थिए । समाजलाई कहाँसम्म लगेको थियो भन्नेबारेमा हुन्छ । एउटा कुरा के नभुलौँ भने बल्छी धुर्वे माओवादी भएछ भन्ने अफवाह नफैलाऔँ । हरेक शुक्रवार साँझ ७ बजे आउनेछ', कलाकार श्रेष्ठले भने ।

टिप्पणीहरू