जीप दुर्घटनामा तीन जनाको मृत्यु, घाइतेको उपचार जारी

जीप दुर्घटनामा तीन जनाको मृत्यु, घाइतेको उपचार जारी
सुन्नुहोस्

बागलुङमा भएको जीप दुर्घटनामा तीन जनाको ज्यान गएको छ । गलकोट नगरपालिका–२, भुङखानीमा भएको दुर्घटनामा दुई महिला र एक पुरुषको मृत्यु भएको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार गलकोटतर्फ जाँदै गररेको जीप दुर्घटनामा परेको हो । घाइते एक पुरुषलाई उपचारार्थ बागलुङ अस्पताल पठाइएको छ । 

मृतक र घाइतेको परिचय खुलेको छैन ।

टिप्पणीहरू