सर्वोच्चको फैसलाविरुद्ध नदी किनारमा एमालेको जुलुस

सर्वोच्चको फैसलाविरुद्ध नदी किनारमा एमालेको जुलुस
सुन्नुहोस्

सर्वोच्च अदालतले गरेको नदी तथा खोला किनारको मापदण्डसम्बन्धी फैसला पुनरावलोकन माग गर्दै बागमती र मनोहरा किनारमा जुलुस निकालिएको  छ । काठमाडौं वडा नम्बर ३२, दोभान पुलमा भेला भएर आज बिहान एमाले वडा कमिटीले नाराबाजी गरेको छ ।

सर्वोच्च अदालतले खोला किनाराको मापदण्डको सवालमा गरेको फैसलाको पुनरावलोकन एमाले ३२ वडा कमिटीले हस्ताक्षर कार्यक्रमसहित र्‍याली निकालेको बताइएको छ । कमिटी अध्यक्ष राजेन्द्र न्यौपानेको नेतृत्वमा निकालिएको र्‍यालीका सहभागीहरु हस्ताक्षरसहित दोभान पार्कदेखि नरेफाँट हुँदै जडिबुटी तरकारी बजार पुगेको थियो । 

सहभागीहरुले भोलि पनि पेप्सिकोलाको मनोहरापुलदेखि जडिबुटीसम्म हस्ताक्षरसहित जुलुस निकाल्ने बताएको छ ।

टिप्पणीहरू