शेखर पक्षलाई बाहिरै राखेर कांग्रेस सरकारमा सहभागी

शेखर पक्षलाई बाहिरै राखेर कांग्रेस सरकारमा सहभागी
सुन्नुहोस्

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकार विस्तार गर्नुभएको  छ । कांग्रेसबाट तीन मन्त्री र एक राज्यमन्त्री आज नियुक्त भएका छन् ।

आन्तरिक विवादका कारण अलमलमा रहेको कांग्रेस भूपेन्द्र राईको नेतृत्वमा सरकारमा सामेल भएको हो । उनलाई भौतिक पूर्वाधार विकास मन्त्रालयको  जिम्मा दिइएको छ । 

त्यस्तै, खगेनसिंह हाङ्गाम उद्योग, कृषि तथा सहकारी र सदानन्द मण्डल पर्यटन, वन तथा वातावरण मन्त्री  बनेका छन् । भूमिप्रसाद राजवंशीलाई भौतिक पूर्वाधार विकास राज्यमन्त्री नियुक्त गरिएको छ । 

नवनियुक्त मन्त्रीहरुले आजै प्रदेश प्रमुख पर्शुराम खापुङबाट पद तथा गोपनीयताको सपथ लिएका छन् । 

डेढ महिनाअघि नै सरकारमा सहभागी हुने निर्णय गरेको कांग्रेसभित्र संस्थापन र शेखर कोइराला खेमाबीच मन्त्री भागबण्डामा सहमति नहुँदा रोकिएको थियो । कोइराला पक्षले २ मन्त्रालयको अडान लिएको थियो । तर, आज मन्त्री बनेका चारै जना संस्थापन पक्षका हुन् ।
 

टिप्पणीहरू