परराष्ट्रमन्त्री राणा क्यानडाबाटै अमेरिका जाने
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले क्यानडा भ्रमण गर्ने भएकी छन् । टोरोन्टोमा आयोजना हुने विश्वभरका महिला परराष्ट्रमन्त्रीहरुको सम्मेलन (वुमन फरेन मिनिस्टर्स)मा सहभागी हुन उनी भोलि त्यता जाने तय भएको हो ।
सम्मेलनमा २० भन्दा बढी देशका महिला परराष्ट्रमन्त्रीहरुको सहभागिता रहने बताइएको छ ।
परराष्ट्रमन्त्ती राणा क्यानडाबाटै अमेरिका जाने कार्यक्रम छ । न्युयोर्कमा आयोजित संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका जान लागेकी हुन् । राष्ट्रसंघको महासभामा नेपालको तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्व रहनेछ ।
कांग्रेस-एमाले गठबन्धन सरकार निर्माणको एक सुत्रधार मानिएकी राणाले यसअघि एकहप्ते भारत भ्रम्रण गरेकी थिइन् ।
टिप्पणीहरू