हिजो लखेट्नेले अब के गर्लान् ?

हिजो लखेट्नेले अब के गर्लान् ?
सुन्नुहोस्

औद्योगिक क्षेत्र शिलान्यास गर्ने क्रममा २०७७ सालमा सुकुम्बासीहरुबाट लखेटिएका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले जसरी पनि सञ्चालनमा ल्याउने घोषणा गर्नुभएको छ । बुटवल उद्योग वाणिज्य संघको ६९ औं वार्षिक साधारण सभाको बुटवलमा उद्घाटन गर्दै उहाँले जिल्लालाई देशकै आर्थिक केन्द्र बनाउन मोतीपुर औद्योगिक क्षेत्र सञ्चालन गर्नैपर्ने दाबी गर्नुभयो । उहाँले सुकुम्बासी नबसेको र विवाद नभएको ठाउँबाट निर्माण कार्य थाल्ने जानकारी दिनुभएको छ ।

२०७७ मा नेकपा विभाजन हुनुपूर्व पार्टीभित्र चरम विवाद हुँदा औद्योगिक क्षेत्र शिलान्यास भएको थियो । पार्टीभित्रकै माओवादी र एमालेभित्रकै इतर समूह प्रतिकारमा उत्रिएर ढुंगामुढा गरेपछि उपप्रधानमन्त्री पौडेल र तत्कालीन उद्योगमन्त्री लेखराज भट्ट समारोहस्थल छाडेर हिँड्नुभएको थियो । 

बुटवल नगरपालिका र मोतीपुर गाविसका भूभाग जोडेर २०७२ सालमा सरकारले उक्त औद्योगिक क्षेत्र घोषणा गरेको हो । २०७३ मा ८१३ बिघा क्षेत्रफल जग्गामा मोतीपुर औद्योगिक क्षेत्रको नाममा पुर्जासमेत कायम भएको छ । पछिल्लो समय बुटवल क्षेत्रमा पर्ने करिब २०० बिघा क्षेत्रफल कब्जा गर्दै सुकुम्बासीका नाममा चार सय घरटहरा बनाइसकिएको छ ।

टिप्पणीहरू