वायुसेवा निगमले लगायो वैदेशिक तालिम र भ्रमणमा रोक

वायुसेवा निगमले लगायो वैदेशिक तालिम र भ्रमणमा रोक
सुन्नुहोस्

नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय तालिम तथा भ्रमणमा आफ्ना कर्मचारीहरुलाई सहभागी हुन रोक लगाएको छ । चाडपर्व नजिकिएसँगै यात्रुलाई सहज सेवा दिने उद्देश्यले निगमले अत्यावश्यकबाहेक अन्य कुनै पनि कामका लागि कर्मचारीलाई त्यस्ता काममा नपठाउने निर्णय गरेको छ । 

निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले अन्तर्राष्ट्रिय तालिम तथा भ्रमणमा नपठाउन व्यवस्थापनलाई प्रष्ट निर्देशन दिएका छन् । उनले चाडपर्वको समयमा यात्रुलाई सहज रुपमा सेवा दिन २४ घण्टाभित्र साठी दिने कार्ययोजना पेश गर्न विभागीय प्रमुखहरुलाई भनिएको छ ।

‘आगामी बडादशैँ, तिहार तथा छठ पर्वजस्ता चाडपर्वको समयमा नेपाल वायुसेवा निगमका जहाजहरुमार्फत नियमति उडानहरु सुचारु राखी यात्रुवर्गलाई सहज सेवा दिने उद्देश्यले २४ घण्टाभित्र साठी दिने कार्ययोजना स्पष्ट रुपमा पेश गरी तदारुकताका साथ काम गर्न निगमका नायब महाप्रबन्धक, इन्जिनिरिङ्ग मेन्टेनेन्स विभाग, कन्टियुइङ्ग एयरवर्दिनेस विभाग, क्वालिटी एस्योरेन्स विभाग र बजार व्यवस्थापन विभागका विभागीय प्रमुखहरुलाई आज मिति २०८१÷६÷१ गते निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले विशेष निर्देशन दिएका छन्,’ निगमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

साथै, उक्त अवधिमा निगमका सबै विभागका इञ्चार्ज, प्रबन्धकदेखि माथिका कर्मचारीहरुलाई पनि कार्यालयको काममा बाधा पर्ने गरी बिदा नलिन तथा नदिन निर्देश गरिएको छ ।

टिप्पणीहरू