इन्द्रजात्रा सकिएपछि काठमाडौं आइपुगे बालेन

इन्द्रजात्रा सकिएपछि काठमाडौं आइपुगे बालेन

काठमाडौं महानगरपालिकाका मेयर बालेन साह भारतको बैंगलोरबाट काठमाडौं आएका छन् ।

अस्ति दिउँसो नेपाल वायुसेवाको उडान नम्बर आरए २२५ उता गएका उनी आज राति नेपाल वायुसेवाको उडान नम्बर आरए २२६ मा राति ९ बजे आइपुगेका हुन् ।

मेयर एकाएक बैंगलोर पुग्नुको कारणबारे महानगरले औपचारिक रुपमा केही बताएको छैन । तर साहको सचिवालयले आफ्ना सहपाठीहरुको भेलामा भाग लिन मेयर उता गएको जानकारी दिएको थियो ।

तर उनी आज राजधानीको वसन्तपुर क्षेत्रमा मनाइएको इन्द्रजात्राको विशेष समारोह छल्न उता गएको चर्चा व्याप्त छ । काठमाडौं महानगरपालिकाले आयोजना गरेको विशेष कार्यक्रममा यो वर्ष पनि राष्ट्रपति, प्रधानमन्त्रीलगायत उच्च पदस्थ सरकारी अधिकारी, कुटनीतिक नियोगका प्रतिनिधिहरु सहभागी भएका थिए । 

दशौं हजार सर्वसाधारणको उपस्थितिमा मनाइएको कार्यक्रममा मेयर उता जानुलाई प्रधानमन्त्री केपी शर्मा ओलीसँगको उनको असन्तुष्टि भनिएको छ । प्रधानमन्त्री ओली उपस्थित कार्यक्रममा मेयर स्वागतार्थी हुनुपर्ने भएपछि त्यसलाई छल्न साह अस्ति बैंगलोर गएर आज राति फर्केको धेरैको विश्लेषण छ ।

टिप्पणीहरू