कोशीका मुख्यमन्त्री दोस्रो पटक विश्वासको मत लिँदै

कोशीका मुख्यमन्त्री दोस्रो पटक विश्वासको मत लिँदै
सुन्नुहोस्

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज दोस्रो पटक विश्वासको मत लिँदैछन् । बैशाख २७ गते तेस्रो पटक मुख्यमन्त्री नियुक्त भएपछि कार्कीले बैशाख ३१ गते पहिलो पटक विश्वासको मत लिएका थिए । 

तर संघीय सरकारमा सत्ता समीकरण परिवर्तनसँगै माओवादी केन्द्रले समर्थन फिर्ता लियो । नयाँ गठबन्धनपछि भदौ २८ गते मुख्यमन्त्री कार्कीले नेपाली कांग्रेसबाट तीन जना मन्त्री र एक जना राज्यमन्त्री नियुक्त गरिसकेका छन् । 

प्रदेश सभामा बहुमतका लागि कम्तीमा ४७ सांसदको मत आवश्यक पर्छ । ९३ सदस्यीय प्रदेश सभामा हाल एमालेका ४०, काँग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाका ६, एकीकृत समाजवादीका ४ र जसपामा एक सांसद छन् ।
 

टिप्पणीहरू