प्रधानमन्त्रीको अमेरिका भ्रमणमा चार छुट्टाछुट्टै सम्बोधन

प्रधानमन्त्रीको अमेरिका भ्रमणमा चार छुट्टाछुट्टै सम्बोधन

प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै पर्सि शुक्रबार अमेरिका जान लाग्नुभएको छ । मंगलबारदेखि न्यूयोर्कस्थित राष्ट्रसंघको मुख्यालयमा शुरु हुने महासभामा भाग लिन उहाँ त्यता जान लाग्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

कार्यक्रमअनुसार भोलिपल्ट अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने रात्रिभोजमा सहभागी हुने र असोज १० गते प्रधानमन्त्री ओलीले राष्ट्रसंघको महासभालाई सम्बोधन गर्नुहुने छ ।

त्यस्तै राष्ट्रसंघको समिट अफ द फ्युचर कार्यक्रमलाई सम्बोधन, कोलम्बिया युनिभर्सिटी र हाभर्ड विश्वविद्यालयमा मन्तव्य दिने कार्यक्रम छ । उहाँले राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग पनि भेट गर्ने बताइएको छ ।

प्रधानमन्त्रीको भ्रमण टोलीमा पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्रसचिव सेवा लम्साललगायत २२ जना रहने बुझिएको छ ।

प्रधानमन्त्री आगामी १४ गते स्वदेश फर्कनुहुने छ ।

टिप्पणीहरू