शहरी विकासमन्त्रीलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मा

शहरी विकासमन्त्रीलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मा

प्रधानमन्त्री केपी शर्मा ओली अमेरिका प्रस्थान गर्नुभएको छ । न्यूयोर्कमा आयोजना हुने संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा सहभागी हुन उहाँ नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै केही बेरअघि त्यसतर्फ प्रस्थान गर्नुभएको हो । 

प्रधानमन्त्रीसँगै पत्नी राधिका शाक्य, प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सचिव सेवा लम्साललगायत नेपाल सरकारका वरिष्ठ अधिकारीहरु पनि सहभागी छन् । हाल क्यानडा भ्रमणमा रहनुभएकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा उतैबाट न्युयोर्क पुगेर प्रतिनिधिमण्डलमा सहभागी हुनुहुनेछ । 

प्रधानमन्त्रीको बिदाईका लागि सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल, उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंह, उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललगायत विमानस्थल पुगेका थिए । 

प्रधानमन्त्री ओली अमेरिका जानुभएसँगै राष्ट्रपति रामचन्द्र पौडेलले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी शहरी विकासमन्त्री सिंहलाई दिनुभएको छ । प्रधानमन्त्री ओली असोज १४ गते स्वदेश फर्किनुहुनेछ ।

टिप्पणीहरू