शीतल निवासमा एकैदिन दुई वटा प्रतिवेदन

शीतल निवासमा एकैदिन दुई वटा प्रतिवेदन
सुन्नुहोस्

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष दुई वटा आयोगले आफ्नो वार्षिक प्रतिवेदन पेश गरेको छ । शीतल निवासमा आयोजित छुट्टाछुट्टै समारोहमा लोक सेवा आयोग र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले वार्षिक प्रतिवेदन बुझाएको छ । 

लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले संविधानको धारा २९४ बमोजिम आयोगको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन बुझाएको राष्ट्रपति कार्यालयले जनाएको छ । 

यस्तै, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष बालानन्द पौडेलले संविधानको धारा २९४ बमोजिम आयोगको गत आर्थिक वर्षको प्रतिवेदन पेश गरेका हुन् ।

टिप्पणीहरू