श्रीलंकाले पायो वामपन्थी राष्ट्रपति

श्रीलंकाले पायो वामपन्थी राष्ट्रपति

श्रीलंकामा हिजो सम्पन्न राष्ट्रपतीय चुनावमा वामपन्थी उम्मेदवार अनुरा कुमारा दिशानायके निर्वाचित भएका छन् । उनले ५३ प्रतिशत मत ल्याएकोमा निर्वाचन आयोगले सो को औपचारिक घोषणा गर्न भने बाँकी नै छ । अनुरालाई  आजै राष्ट्रपतिको शपथ ग्रहण गराईंदै छ ।

सन २०१९ को चुनावमा जम्मा ३ प्रतिशत मत ल्याएका अनुराले यस पटक ५३ प्रतिशत बढी मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी वर्तमान राष्ट्रपति रनिल विक्रमासिङ्घे र अर्का उम्मेदवार साजिथ प्रेमदशाले करिब १९ प्रतिशत हाराहारी मत ल्याएका छन् ।

दुई वर्षअघि श्रीलंका चरम आर्थिक संकटमा फसेपछि त्यहाँका जनताले यसपटक वामपन्थी दललाई विश्वास गरेका हुन् । अब अनुराको पार्टी जनमुक्ति मोर्चा (जेभिपी) नेतृत्वको गठबन्धन सरकार बन्ने अवस्था छ ।

टिप्पणीहरू