१० दिनलाई हिजो चीन गएको रविको टोली भोलि नै फिर्ता

सुन्नुहोस्

१० दिने भ्रमणमा हिजो राति चीन गएको रास्वपाको टोली सभापति रवि लामिछाने सहकारी काण्डमा समातिने परिस्थिति बन्दै गएपछि भोलि बिहानै स्वदेश फर्कन लागेको छ । हिजो मध्यरात चीनको ग्वाङ्चौ हुँदै बेइजिङ गएको टोलीलाई स्वयं रवि लामिछानेको आदेशमा  बाटोबाटै फर्कन लगाइएको बुझिएको छ ।

सहकारीको बचत रकम अपचलनसम्बन्धी संसदीय छानबिन विशेष समितिले गोर्खा मिडियामा भएको अपचलनमा गोर्खा मिडियाका तत्कालीन अध्यक्ष जीबी राई,प्रबन्ध निर्देशक रवि लामिछाने, उपाध्यक्ष छविलाल जोशी र कुमार रम्तेललाई प्रचलित कानुनबमोजिम कारबाहीको सिफारिस गरेको छ । सोहीबमोजिम पूर्व डिआइजी छविलाल जोशीलाई आज पक्राउ गरी पोखरा लगिएको छ । 

लामिछाने भने बेचैनीपूर्वक पार्टी कार्यालयबाट निरन्तर बाहिर अरु दलका नेतालाई फोनमा हारगुहार गर्दै रहेको भिडियो सार्वजनिक भएको छ ।

छविको गिरफ्तारीपछि रवि पनि पक्राउ पर्ने सम्भावना बढेसङ्गै रास्वपाका नेता तथा कार्यकर्ता साँझदेखि वनस्थलीस्थित पार्टी कार्यालय बाहिर नाराबाजी गरिरहेका छन् । लामिछाने भने बेचैनीपूर्वक पार्टी कार्यालयबाट निरन्तर बाहिर अरु दलका नेतालाई फोनमा हारगुहार गर्दै रहेको भिडियो सार्वजनिक भएको छ ।

उपसभापति डा. स्वर्णिम वाग्ले नेतृत्वको १४ सदस्यीय टोली भोलि बिहान काठमाडौं आइपुग्ने गरी टिकट ब्यवस्थापन गर्न लागिएको छ । मुलुकभित्र उत्पन्न पछिल्लो राजनीतिक अवस्था र सभापति लामिछाने पक्राउ पर्ने निश्चित भएपछि टोली स्वदेश आउन लागेको हो ।

डा.वाग्लेको नेतृत्वमा चीन गएको टोलीमा सहकारी काण्डको प्रतिवेदनमा हस्ताक्षर गर्ने बिदेश बिभाग प्रमुख शिशिर खनाल,लिमा अधिकारी,मनिष झा,गणेश पराजुली,डा.तोसिमा कार्की,असिम शाह,शिव नेपाली,बसुमाया तामाङ, निशा मेहता,पुकार बम,प्रकाश विष्ट, तपेश्वर यादव र खुश्बुराजा श्रेष्ठ छन् ।

टिप्पणीहरू