मध्यरात रविको लाइभ,दुई चार दिन नसमातिने साइत

मध्यरात रविको लाइभ,दुई चार दिन नसमातिने साइत
सुन्नुहोस्

सहकारीको रकम अपचलन मुद्दामा पक्राउ परिने आशंकासहित रास्वपा सभापति रवि लामिछानेले फेसबुक लाइभमा भाषण गरेका छन् । पार्टी कार्यालय बनस्थलीमा राति साढे ९ बजे लाइभ भाषणको प्रारम्भ ‘आफू नभागेको,नडराएको’ भन्दै गरेका हुन् । 

पूर्वगृहमन्त्रीसमेत रहेका रविले आफूमाथि राजनीतिक प्रतिशोध साँध्न खोजिएको आरोप लगाएका छन् । अरुको राजनीति जोगाउन आफूमाथि राजनीतिक प्रतिशोध लिइएको उनको दाबी छ । 

उनले नेपाली काँग्रेस र एमालेप्रति लक्षित गर्दै भने, ‘चुनाव लडेर जित्नुस् । यस्तो षड्यन्त्र गरेर होइन ।’ उनले कार्यकर्तालाई सत्यको पक्षमा उभिन आग्रह गरेका छन् । 

यसअघि पटक पटक सहकारीको रकम दुरुपयोग नगरेको बताउँदै आएका उनले अप्ठेरो प्रश्नमा सँधै आफूलाई थाहा नभएको जवाफ दिने गरेका थिए ।

गोर्खा मिडिया नेटवर्कमा साझेदारसहित हर्ताकर्ता भएका उनले जिबी राई र छवि जोशीसँग मिलेर ६५ करोड बढी रकममा रजगज गरेको प्रमाण हालैको संसदीय छानबिन समितिले तयार पारेको र उनकै माननीय शिशिर खनालले हस्ताक्षर गरेको प्रतिवेदनमा उल्लेख छ ।

टिप्पणीहरू