काँग्रेसका विभागमा सदस्य थपिने क्रम जारी

काँग्रेसका विभागमा सदस्य थपिने क्रम जारी
सुन्नुहोस्

नेपाली काँग्रेसको संसदीय मामिला विभागमा सदस्य थपिएका छन् । सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य गोविन्दबहादुर शाह प्रमुख रहेको विभागमा १० सदस्य मनोनीत गर्नुभएको छ । 

उहाँले नेपाली काँग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा २५ (९) बमोजिम सदस्य मनोनयन गर्नुभएको जनाइएको छ ।

थपिएका सदस्यमा काठमाडौंका महेशसिंह कठायत, वासु कार्की, अछामका टेकबहादुर कुवँर, दोलखाका लाक्पा शेर्पा, पर्साका नरेन्द्र साह, लमजुङकी अस्मिता लामा (खुशीमाया), कञ्चनपुरका तेज शाह, ओखलढुंगाका धनबहादुर गिरी, कालिकोटका माधव पाण्डे र दाङका मोहन सुनार हुन् ।

टिप्पणीहरू