एमाले नेताहरुको चीनतिर ओइरो

एमाले नेताहरुको चीनतिर ओइरो
सुन्नुहोस्

एमाले सचिव तथा पूर्व उपप्रधानमन्त्री एवम् प्रतिनिधि सभा सदस्य रघुवीर महासेठ चीन गएका छन् । महासेठ एअर चाइनाको उडान नम्बर सीए ४३८ मा आज दिउँसो पौने १ बजे काठमाडौंबाट चीनको सिचुआन प्रान्तको राजधानी छन्तु प्रस्थान गरेका हुन् । 

यसअघि सचिव योगेश भट्टराई भदौ अन्तिम साता चीन गएका थिए । ‘सोसल साइन्स एकेडेमी’ चिनियाँ सामाजिक विज्ञान प्रतिष्ठानले बेइजिङमा आयोजना गरेको १४ औं विश्व समाजवाद फोरमलाई सम्बोधन गर्दै जबज नेपाली भूमिमा माक्र्सवादको सृजनात्मक प्रयोग रहेको र त्यसकै आलोकमा समाजवाद हासिल गर्न चाहेको धारणा राखेका थिए । त्यसको एक महिनाअघि पनि उनी चीन गएका थिए ।

गत भदौमा एमाले सांसद तथा सचेतक सुनिता बराल पनि चीन भ्रमणमा गएकी थिइन् । असारमा उपमहासचिव विष्णु रिमालको नेतृत्वमा २९ सदस्यीय टोली चीनको १० दिने मैत्रीपूर्ण भ्रमणमा गएको थियो ।

टिप्पणीहरू