वीरगञ्ज पुगेका काँग्रेस सभापतिलाई उच्च सुरक्षा

वीरगञ्ज पुगेका काँग्रेस सभापतिलाई उच्च सुरक्षा
सुन्नुहोस्

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पर्सा पुग्नुभएको छ । वीरगञ्ज महानगरपालिकाले भोलि आयोजना गर्ने कार्यक्रममा उहाँ सहभागी हुने कार्यक्रम छ । 

पूर्व प्रधानमन्त्री देउवा बुद्ध एअरको उडानमा पौने १२ बजे काठमाडौंबाट सिमरा जानुभएको हो । उहाँसँगै कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया, पूर्वमन्त्री रमेश रिजाल र पूर्वमन्त्री उमाकान्त चौधरी पनि काठमाडौंबाट त्यता गएको बताइन्छ ।

सभापति देउवा पार्टीको दुई वटा कार्यक्रममा सहभागी हुने कार्यक्रम छ । उहाँको सुरक्षार्थ जिल्ला प्रहरी कार्यालय पर्साले दुई सय प्रहरी परिचालन गरेको बुझिएको छ । उहाँ भोलि साँझ राजधानी फर्कनुहुने छ ।

टिप्पणीहरू