माओवादी सुदूरपश्चिमका इञ्चार्जहरु फेरिए

माओवादी सुदूरपश्चिमका इञ्चार्जहरु फेरिए

नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेशका जिल्ला इञ्जार्चहरु फेरेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव देव गुरुङले प्रदेश इञ्चार्ज गिरिराजमणि पोखरेलको परामर्श र सुझावका आधारमा जिल्ला इञ्चार्ज परिवर्तन गरिएको जनाइएको छ ।

जसअनुसार कञ्चनपुरमा टेकेन्द्र भट्ट, कैलालीमा नेपबहादुर चौधरी, डडेल्धुरामा कुन्ती जोशी र डोटीमा त्रिलोचन भट्टलाई जिल्ला इञ्चार्ज तोकिएको छ । त्यस्तै बैतडीमा नरेन्द्र कुवँर, दार्चुलामा लक्ष्मण दत्त जोशी, बझाङमा मिनबहादुर कुवँर, बाजुरामा कर्णबहादुर विश्वकर्मा र अछाममा शरदसिंह भण्डारीले जिम्मेवारी पाएका छन् ।

 

हालसम्म जिल्ला इञ्चार्ज रहेकालाई प्रदेश समिति, सदन, विभाग र मोर्चाका संगठनहरुमा जिम्मेवारी दिइने बताइएको छ ।

टिप्पणीहरू