प्रधानमन्त्रीले केहीबेरमा राष्ट्रसंघीय महासभालाई सम्बोधन गर्दै

प्रधानमन्त्रीले केहीबेरमा राष्ट्रसंघीय महासभालाई सम्बोधन गर्दै
सुन्नुहोस्

प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको ७९औँ महासभालाई सम्बोधन गर्न लाग्नुभएको छ । प्रधानमन्त्रीले महासभालाई स्थानीय समयअनुसार मंगलबार बिहान ९ बजे र नेपाली समयअनुसार साँझ पौने ७ बजे सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री ओली नेतृत्व प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, मुख्य राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल, राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापालगायत छन् ।

टिप्पणीहरू